यस्ता छन् आज सर्वाधिक सेयर मूल्य बढेका र घटेका कम्पनी

काठमाडौं । मंगलबार, नेप्से परिसूचक ११।२२ अंकले बढेर १८५८।७६ अंक विन्दुमा आइपुगेको छ ।

आज ४३ लाख ३१ हजारको कित्ता सेयर ९९ करोड ६५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १४४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८३ वटा कम्पनीको घटेको छ भने १२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, लक्ष्मी लघुवित्तको ८.१६%, सोनापुर मिनिरल्सको ५.२८%, सिटिजन लाइफको ५.०३%, मल्टी पर्पोस फाइनान्सको ४.६३%, इग्वा आइड्रोपावरको ४.४४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, स्वाभिमान लघुवित्तको ८.२६%, सिद्धार्थ प्रिमियरको ५.९९%, बाराही हाइड्रोपावरको ३.१९%, बलेफी हाइड्रोपावरको ३.०५%, मेन्छियाम हाइड्रोपावरको २.५० प्रतिशतले सेयर मूल्य घटेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स