धितोपत्र बोर्डको नयाँ व्यवस्था, म्युचुअल फण्डको आईपीओ ६ महिना बेच्न नपाउने

काठमाडौं । अबदेखि म्युचुअल फण्डहरूले आईपीओको सेयर ६ महिनासम्म बेच्न नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले म्युचुअल फण्डहरुलाई सेयर निष्काशन तथा बाडफाँट भएको ६ महिनासम्म आईपीओको त्यस्तो सेयर बेच्न वा नामसारी गर्न नपाउने निर्णय गरेको हो ।

बोर्डले कात्तिक २१ गतेदेखि नै लागू हुने गरि निष्काशन तथा बाडफाँट भएको ६ महिनासम्म म्युचुअल फण्डहरूलाई सेयर बेच्न रोक लगाउने निर्णय गरेको हो । तर, म्युचअल फण्डहरुको योजना अवधि नै समाप्त हुने वा योजना खारेज हुने अवस्थामा भने ६ महिनाको क्याप लागू हुने छैन् ।

हाल सार्वजनिक निष्काशन हुने कम्पनीहरूको कुल निष्काशनको पाँच प्रतिशत सेयर म्युचुअल फण्डहरूले आरक्षणमा पाउँदै आएका छन् । त्यस्तो सेयर सूचीकृत हुने वित्तिकै बेचेर फण्डहरू निस्कन थालेको र त्यसले सेयर बजार घटाएको आरोप लागिरहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स