नागरिक लगानी कोषको नाफा साढे २६ करोड, ईपीएस कति?

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २६ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.८२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कोषले २३ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कोषको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कोषले आम्दानी बढेसँगै कोषको नाफा बढ्न पुगेको हो।

समिक्षा अवधिमा कोषको ब्याज आम्दानी २३.०३ प्रतिशत बढेको छ । सेवा शुल्क तथा कमिशन आम्दानी १२.१० प्रतिशत बढेको छ । कोषको कुल आम्दानी समिक्षा अवधिमा १४.६० प्रतिशत बढेको छ भने कुल खर्च १७.२७ प्रतिशत बढेको छ ।

नाफा बढेपनि कोषको प्रतिसेयर आम्दानी अर्थात ईपीएस भने घटेको छ । समीक्षा अवधिमा कोषको यस्तो आम्दानी १ रुपैयाँ ९६ पैसा घटेर १९ रुपैयाँ ९४ पैसामा झरेको छ । चुक्ता पुँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा कोषको यस्तो आम्दानी घट्न पुगेको हो।

असोज मसान्तसम्ममा कोषको प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ७९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९३.५३ गुणा रहेको छ ।

५ अर्ब ३१ करोड ३७ लाख रुपैयाँ चुक्ता पुँँजी रहेको यस कोषको जगेडा कोषमा २३ अर्ब ३८ करोड ४३ लाख रुपैयाँ सञ्चित छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स