कार्तिक २३ र २४ गते २५ देशका ७० सीईओसहतिको एशियन बैकर्स कन्फरेन्स हुने

काठमाडौं । नेपाल बैंकर्स संघले कार्तिक २३ र २४ गते नेपालमै पहिलो पटक एशियन बैंकर्स कन्फेरेन्स आयोजना गर्दैछ । एशियन बैंकर्स एसोशियसनको सहभागीतामा बैंकर्स कन्फेरेन्स आयोजना गर्न लागेका हो ।

यसमा एशियाका २५ देशका ७० भन्दा बढी बैंकका सीईओ तथा अध्यक्षसहित उच्च तहका बैंकर सहभागी हुनेछन् । नेपाल बैंकर्स संघको आग्रहमा एशियन बैंकर्स एसोशियसनले नेपालमै पहिलो पटक यो कन्फेरेन्स आयोजना गर्न गर्न लागेको संघले बताएको छ । आज आयोजना गरेको कार्यक्रम कतिपय पाहुनाहरू नेपाल आईसक्नु भएको छ । कात्तिक २३ गते बिहानबाट आरम्भ हुने कार्यक्रम दुई दिनको हुनेछ ।

‘रोडम्याप फर रिकभरी एण्ड सस्टेनेबल ग्रोथ’को नारासहित कन्फेरेन्स आयोजना गर्न लागेका हौं, ’ अध्यक्ष केसीले भने ‘यसमा अर्थतन्त्र र बैंकिङ क्षेत्रमा उत्पन्न विश्वव्यापी परिस्थिति, एशियामा त्यसले पारेको प्रभावहरुको खोजी हुनेछ ।’
अब कसरी अघि बढ्ने भन्नेबारे छलफल हुनेछ । एशियाको बैंकिङलाई कसरी अघि लैजाने ? संकटको घडीबाट कसरी रिकभरीमा लैजाने र सस्टेनेबल कसरी बनाउने भन्नेबारे बृहद छलफल हुनेछ ।

हामीले दुई दिनमा चार वटा सेसनको योजना बनाएका छौं । पहिलो सेसनमा ‘ग्लोबल बैंकिङ ट्रेण्ड’ बारे छलफल हुनेछ । यसमा विश्वभरको बैंकिङ कसरी अघि बढिरहेको छ ? महँगीको चक्र के हो ? रिसेसनपछि बैंकिङ क्षेत्र कसरी अघि बढ्छ भन्ने बिषयमा छलफल हुनेछ । यसमा अन्तराष्ट्रिय वक्ताहरु पनि समावेश हुनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स