नेप्सेमा हरियाली छाउँदा सोल्टी होटलसहित यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा हरियाली छाएको छ ।

सोमबार, नेप्से परिसूचक २१.३० अंकले बढेर १८४७.५४ अंक विन्दुमा आइपुगेको छ ।

आज ३५ लाख ५५ हजारको कित्ता सेयर ९३ करोड ८९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १९९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३२ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सोल्टी होटलको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ६ करोड ४३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सोना मिनरल्सको ५ करोड ६२ लाख, हाथ्वे इन्भेष्टमेन्टको ३ करोड ७८ लाख, हिमालयन बैंक प्रमोटरको ३ करोड ५८ लाख, , मन्जु श्री फाइनान्सको २ करोड ३९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स