वाणिज्य बैंकहरूको खराब कर्जा बढ्दा पहिलो त्रैमासमै छुट्याए इम्पेरिमेन्ट चार्ज वापत १७ अर्ब रुपैयाँ

काठमाडौं । देशमा सञ्चालित २० वटा वाणिज्य बैंकहरूले खराब कर्जा बढ्दा १६ अर्ब ९४ करोड रुपैयाँ इम्पेरिमेन्ट चार्ज वापत छुट्याएका छन् । चालु आवको यो अवधिमा बैंकहरूको खराब कर्जा औसतमा ३.३४ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा बैंकहरूको यस्तो कर्जा १.७७ प्रतिशतमात्रै थियो । एक वर्षको अवधिमा बैंकहरूको खराब कर्जा १.६३ प्रतिशतले बढेको बैंकहरूले सार्वजनिक गरेको वित्तीय प्रतिवेदनमा उल्लेख गरिएको छ । गत आवको अन्त्यसम्म बैंकको खराब कर्जा २.८२ प्रतिशत थियो ।

बैंकहरूले सो चार्ज वापत छुट्याएको रकम गत आवको सोही अवधिको तुलनामा ७८.९१ प्रतिशतले बढी हो । गत आवको पहिलो त्रैमासमा वाणिज्यहरूले सो शीर्षकमा ७ अर्ब ४७ करोड रुपैयाँ छुट्याएका थिए ।

चालु आवको पहिलो त्रैमासमा सबैभन्दा बढी इम्पेरिमेन्ट चार्ज कुमारी बैंकले छुट्याएको छ भने दोस्रो सरकारी स्वामित्वको कृषि विकास बैंकले र तेस्रोमा लक्ष्मी सनराइज बैंकले छुट्याएको छ । यी तीन बैंकको इम्पेरिमेन्ट चार्ज २ अर्बभन्दा माथि छ भने ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक, नेपाल बैंक र नबिल बैंकले एक अर्बभन्दा बढी इम्पेरिमेन्ट चार्ज छुट्याएका छन् ।
चालु आवको पहिलो त्रैमासमा कुमारी बैंकले २ अर्ब १८ करोड, कृषि विकास बैंकले २ अर्ब १६ करोड, लक्ष्मी सनराइज बैंकले २ अर्ब १४ करोड रुपैयाँ छुट्याएको छ ।

ग्लोबल आईएमई बैंकले १ अर्ब ७८ करोड, सिद्धार्थ बैंकले १ अर्ब ४३ करोड, नेपाल बैंकले १ अर्ब ३४ करोड, नबिल बैंकले १ अर्ब ११ करोड रुपैयाँ छुटएको छ ।

बाँकी बैंकले भने इम्पेरिमेन्ट चार्जका लागि अर्बभन्दा कम रकम छुटएको बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरणमा प्रकाशित गरिएको छ । साउनदेखि असोजसम्ममा हिमालयन बैंकले ७५ करोड ६६ लाख, एनआईसी एशिया बैंकले ६४ करोड ४३ लाख, नेपाल इम्भेष्टमेन्ट मेगा बैंकले ६४ करोड, सानिमा बैंकले ५४ करोड २७ लाख इम्पेरिमेन्ट चार्ज वापत छुट्याएका छन् ।


त्यसैगरी एनएमबि बैंकले ४८ करोड रुपैयाँ छुट्याएको छ भने एभरेष्ट बैंकले ४२ करोड ९५ लाख, सिटिजन्स इन्टरनेशनल बैंकले ४२ करोड ६४ लाख, नेपाल एसबिआई बैंकले २९ करोड ६६ लाख, २४ करोड १२ लाख, प्राइम बैंकले २१ करोड ६६ लाख रुपैयाँ छुट्याएका छन् । त्यसैगरी स्ट्याण्र्डड चार्टड बैंकले २ करोड २ लाख र माछापुच्छ्रे बैंकले १ करोड २२ लाख रुपैयाँ इम्पेरिमेन्ट चार्ज वापत रकम छुट्याएका छन् ।

सबैभन्दा बढी खराब कर्जा कृषि विकास बैंक, कर्जा व्यवस्थापनमा अब्बल एभरेष्ट

२० वाणिज्य बैंकमध्ये सबैभन्दा बढी खराब कर्जा कृषि विकास बैंकको रहेको छ । बैंकको खराब कर्जा १ वर्षको अवधिमा २.३८ प्रतिशतबाट बढेर ५.३३ प्रतिशत पुगेको छ । कुमारी बैंकको खराब कर्जा पनि १.२८ प्रतिशतबाट बढेर ४.८९ प्रतिशत पुगेको छ भने नेपाल इन्भेटमेन्ट बैंकको खराब कर्जा १.५७ प्रतिशतबाट बढेर ४.८३ प्रतिशत पुगेको छ ।

त्यसैगरी लक्ष्मी सनराइज बैंकको खराब कर्जा १.७२ प्रतिशतबाट बढेर ४.६९ प्रतिशत, हिमालयन बैंकको २.३१ प्रतिशतबाट ४.६७ प्रतिशत, ग्लोबल आईएमई बैंकको २.१० प्रतिशतबाट ४.३८ प्रतिशत रहेको छ ।

प्रभु बैंक र सिटिजन्स बैंकको खराब कर्जा ३.९७ प्रतिशत रहेको छ भने नेपाल बैंकको ३.८४ प्रतिशत, नबिल बैंकको ३.६९ प्रतिशत, प्रायम कमर्शियल बैंकको खराब कर्जा ३.६७ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ३.६२ प्रतिशत, र सिद्धार्थ बैंकको यस्तो कर्जा ३.४४ प्रतिशत रहेको छ ।

अन्य बैंकको खराब कर्जा भने २ प्रतिशतदेखि ३ प्रतिशतको बीचमा रहेको छ । एनएमबि बैंकको खराब कर्जा २.८४ प्रतिशत, माछापुच्छ्रे बैंकको खराब कर्जा २.५६ प्रतिशत, नेपाल एसबिलाई बैंकको खराब कर्जा २.३५ प्रतिशत रहेको छ ।
सानिमा बैंकले १.७९ प्रतिशत, एनआईसी एशिया बैंक १.३७ प्रतिशत, स्ट्याण्र्डड चार्टड बैंकको खराब कर्जा १.१० प्रतिशत र एभरेष्ट बैंकको सबैभन्दा कम अर्थात ०.९० प्रतिशतमात्रै खराक कर्जा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स