यस्ता छन् आज सर्वाधिक सेयर मूल्य बढ्ने र घट्ने कम्पनी

काठमाडौं । आइतबार, नेप्से परिसूचक २१.४६ अंकले घटेर १८२६.२३ अंक विन्दुमा आइपुगेको छ ।

आज ३५ लाख ५८ हजारको कित्ता सेयर ९७ करोड २३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ३५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९७ वटा कम्पनीको घटेको छ भने २३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एनआइसी एशिया लघुवित्तको ६.९७%, तारागाँउ रिजेन्सीको ५.४७%, मायाखोला हाइड्रोपावरको ४.२५%, एशियन हाइड्रोपावरको ३.७५%, नेशनल लघुवित्तको २.५७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, हिमालयन लघुवित्तको १० प्रतिशतले नकारात्मक सर्किट लागेको छ । बाराही हाइड्रोपावरको ७.९८%, यूनाईटेड आईडीआई मार्दी आरबी हाइड्रोपावरको ६.७६%, नबिल ब्यालेन्स्ड फण्ड–२ को ५.७३%, सबैको लघुवित्तको ५.५६ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स