पञ्चकन्या ग्रुपद्वारा निःशुल्क स्वास्थ्य शिविरको आयोजना

काठमाडौं । विगत वर्षहरुमा झैं यस वर्ष पनि पञ्चकन्या ग्रुपले आफ्नो ५१औं वार्षिकोत्सव मनाउने सिलसिलामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

पञ्चकन्या ग्रुपले कार्तिक १७ गते काठमाडौं मेडिकल कलेज (केएमसी), सिनामंगल, काठमाडौंको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

उक्त शिविरमा नाक, कान, घाँटी, आँखा, दन्त सेवा, स्त्री रोग, मुटु रोगको परीक्षण अन्तर्गत इसिजी तथा इको, बाल रोग, शल्यव्रिmया, हाडजोर्नी तथा नशा र सामान्य स्वास्थ्य जाँच गरिएको थियो । उक्त शिविरबाट २९४ जनाले लाभ लिएका थिए ।

पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यव्रmमहरु नियमित रुपमा सञ्चालन गर्दै आएको र ग्रुपले यसप्रकारका कार्यहरुलाई मुख्य प्राथमिकतामा राखेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स