माण्डु हाइड्रोपावरको लाभांश घोषणा, साधारणसभा पनि आह्वान

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ। कम्पनीले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्तापूँजी १ करोड ३६ करोड ३६ लाख ३७ हजारले हुन आउने १० प्रतिशत अर्थात् १३ करोड ६३ लाख ६३ हजार ७०० रुपैयाँ (करप्रयोजसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

त्यस्तै, कम्पनीले मङ्सिर १५ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ, मङ्सिर ३ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :

सामान्य प्रस्ताव
क) आ.व. २०७९/८० सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने ।

ख) आ.व. २०७९/८० को लेखापरिक्षकको प्रतिवेदन, २०६० असाढ मसान्त सम्मको बासलात र आ।व। २०७९ र ०८० को आयव्ययविवरण र सोही अवधिको नगद प्रवाह लगायत वित्तिय विवरण उपर छलफल गरि स्विकृत गर्ने ।

ग) आ.व. २०६०/६१ को कारोबारको हिसाव लेखापरिक्षण गर्नका निमित्त लेखा परिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।

घ) आ.व. २०७९/८० को मुनाफाबाट सेयरधनीहरुलाई कम्पनीको हालको (सर्वसाधरणलाई सेयर निष्काशन पछि चुक्ता पुँजी १,३६,३६,३७,००० रूपैयाँ को १० प्रतिशतले हुन आउने १३,६३,६३,७०० रूपैयाँ (अक्षरुपी तेह करोड़ त्रिसट्ठी लाख त्रिसट्ठी हजार सात सय )रुपैयाँ नगद लाभांश प्रचलित कानुन बमोजिम कर कट्टी गरी वितरण गर्ने ।

ङ) सर्वसाधारण समूह बाट १ जना संचालकको निर्वाचन एवं संस्थापक तर्फको संचालक नियुक्ती अनुमोदन गर्ने ।

च) संचालक समितिको प्रति बैठक भत्ता निर्धारण गराउने प्रस्ताव पारित गर्ने ।

विशेष प्रस्ताव :

क) कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा कम्पनीको रजिष्टर्ड कार्यालय रहेको ठेगाना दफा (२) संशोधन गर्ने सम्बन्धी प्रस्ताव परित गर्ने ।

ख) कम्पनीको नियमावलीमा ३८ (३) संचालक समितिको बैठक सम्बन्धी कार्यविधिमा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स