पहिलो त्रैमासः नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा १ अर्ब ५२ करोड, सबैभन्दा बढी नाफा कमाउने बन्यो बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ । बैंकले चालु आवको पहिलो त्रैमासमा १ अर्ब ५२ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको नाफा १ अर्ब १४ करोडमा सीमित थियो ।

खूद नाफा आर्जनमा यो बैंक सबैभन्दा अगाडि देखिएको छ । पहिलो त्रैमासमा नबिल बैंकले १ अर्ब ४६ करोड, ग्लोबल आइएमई बैंकले १ अर्ब २२ करोड, एनआइसी एशिया बैंकले १ अर्ब १ करोड, प्राइम कमर्सियल बैंकले १ अर्ब १५ करोड, हिमालयन बैंकले १ अर्ब ५ करोड, लक्ष्मी सनराइज बैंकले १ अर्ब ३ करोड खूद नाफा आर्जन गरेका छन् ।

गत वर्षको पहिलो त्रैमासमा १ अर्ब ६२ करोडमा सीमित सञ्चालन मुनाफा चालु आवका बढाएर २ अर्ब ६० करोड रुपैयाँ पुर्याएको छ । ब्लुपिच बैंकको रुपमा स्थापित यस बैंकले नेपालको बैंकिङ क्षेत्रमा राम्रो गर्दै आएको छ । मर्जर विभिन्न कारणले लगानीमा तनाव सिर्जना हुँदा सुस्ताएको पुनः राम्रो नाफा कमाएर लगानीकर्तालाई राम्रो रिटर्न दिने बाटोमा अघि बढेको बैंकले सार्वजनिक गरेको वित्तीय प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चालन नाफा ५९.९० प्रतिशतले बढेर २ अर्ब ६० करोड ५४ लाख पुगेको छ । गत वर्ष उक्त नाफा १ अर्ब ६२ करोड ९३ लाख भन्दा धेरै थियो । यस बैंकले इम्पेयसरिमेन्ट चार्ज बापत ६४ करोड ६ लाख रुपैयाँ छुट्याएको छ । गत वर्ष २८ करोड १६ लाख रुपैयाँ उक्त शीर्षकमा छुटयाएको थियो । खराब कर्जा बढ्दा यसको इम्पेयरिमेन्ट चार्ज पनि बढेको हो ।

हाल यस बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको छ । यसको जगेडाकोषमा २५ अर्ब ८९ करोड ३८ लाख रुपैयाँ जम्मा रहेको छ । बैंकको एनपीएल बढेर ४.८३ प्रतिशत पुगेको छ ।

गत वर्ष १.५७ प्रतिशत थियो । यसको प्रतिसेयर आम्दानीे २४ रुपैयाँ ९२ पैसाबाट घटेर १७ रुपैयाँ ८४ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ पनि १८ रुपैयाँ ९५ पैसाले घटेर १७३ रुपैयाँ ३७ पैसा कायम भएको छ । सो कारण बैंकको वितरण योग्य नाफा ऋणात्मक रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स