पहिलो त्रैमासः माछापुच्छ्र्रे बैंकको नाफा ५४ करोड माथि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५४ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।

यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.१८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४५ करोड ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज घटाएका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.९५ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ४.४० प्रतिशत घटेको छ । यो अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ४.७४ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा २१.६५ प्रतिशत बढेको छ । बैंकले इम्पेरमेन्ट चार्ज घटाएर १ करोड २२ लाखमा झरेको छ । सो कारण बैंकको सञ्चालन मुनाफा र खुद नाफा बढ्न पुगेको हो ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ करोड ८५ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर वितरणयोग्य मुनाफा ९८ पैसा रहेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ १३ पैसा बढेर १८ रुपैयाँ ६६ पैसा पुगेको छ । असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.०९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ७७ पैसा रहेको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट १३.३० प्रतिशत बोनस सेयर वितरण गरी चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ चुक्ता पुँजी पुर्याएको यस बैंकको जगेडा कोषमा ४ अर्ब ९७ करोड रुपैयाँ सञ्चित छ । पछिल्लो तीन महिनामा बैंकको निक्षेप ३.४५ प्रतिशत घटेको छ भने कर्जा ३.४४ प्रतिशत बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स