काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिस्कृत वित्तिय विवरण अनुसार बैंकले २०८० असोज मसान्तसम्ममा ४८ करोड नाफा कमाएको हो ।
यस्तो नाफा गत आवको सोहि अवधिमा ५४ करोड रुपैयाँे थियो । चालु आवको पहिलो त्रैमासिकमा सानिमाको नाफा ६ करोड रुपैयाँले घटेको हो । सानिमाको वितरण योग्य नाफा पनि १३ करोड रुपैयाँले ऋणात्मक रहेको छ । २०७९ असोज मसान्तमा बैंकको वितरण योग्य नाफा १५ करोड रुपैयाँ रहेको थियो ।
१२ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब २१ करोड रुपैयाँ रहेको छ । बैंकले असोज मसान्तसम्ममा १ खर्ब ८५ अर्ब निक्षेप संकलन गरि १४९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । सो लगानीबाट बैंकले १ खर्ब ५२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
सानिमाको प्रति सेयर आम्दानी १५.२१ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १५८.८१ रुपैयाँ छ । सानिमाको खराब कर्जा १.७९ प्रतिशत छ भने कस्ट अफ फण्ड ७.९८ प्रतिशत छ ।
बैंकको स्प्रेड दर ४ प्रतिशत रहँदा आधार ब्याजदर ९.७५ प्रतिशत रहेको छ । सानिमा बैंकको सीडी रेसियो भने जम्मा ७६.९६ प्रतिशत मात्रै रहेको छ ।