काठमाडौं । अर्थ मन्त्रालयले दशैं अघि नै निर्माण व्यवसायीको बक्यौक्ता भुक्तानी गर्न सम्बन्धित मन्त्रालयलाई पत्र काटेपनि अझै व्यवसायीले पैसा पाएका छैनन् ।
अर्थ मन्त्रालयले दशैं विदाको अघिल्लो दिन कािर्तक २ गते बिहीबार निर्माण व्यवसायीको बक्यौक्ता रकम भुक्तानी गर्न सम्बन्धित मन्त्रालयलाई पत्र काटेको थियो । तर, व्यवसायीले भने पत्र काटेको १५ दिनसम्म पनि पैसा नपाएको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले पनि निर्माण व्यवसायीलाई रकम भुक्तानी गर्न दशैं अघि नै सम्बन्धित मन्त्रालयलाई पत्र काटेको बताए ।
हामीसँग भएको रकम १ महिनामा ३६ प्रतिशत बजारमा फिर्ता जान्छ : रवि सिंह, अध्यक्ष एफक्यान
‘अहिलेसम्म पैसा आएको छैन,’ उनले भने ‘हामी साह्रै अप्ठ्यारोमा परेका छौं ।’ हाम्रो अप्ठ्यारो फुकाउन सरकारले चासो देखाएन ।’ सरकारले बिल काटिसकेको भुक्तानीको लागि सम्बन्धित मन्त्रालयलाई पत्र काटेको हो । बिल काट्नै बाँकी अझ ४० अर्बको काम भइसकेको उनले गुनासो गरे । ७ अर्बको बिल भुक्तानीको लागि स्वीकृत भइसकेको महासंघका अध्यक्ष सिंहले बताए ।