काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्म लघुवित्तले ९ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्षको सोहि अवधिमा लघुवित्तले ६० लाख २२ हजार रुपैयाँ घाटा व्यहोरेको थियो।
लघुवित्तको खुद ब्याज आम्दानी ११८.९१ प्रतिशत बढेर १ करोड २९ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ५९ लाख २७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
लघुवित्तलाई १४ लाख ६६ हजार रुपैयाँ सञ्चालन मुनाफा भएको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ६० लाख २२ हजार सञ्चालन घाटा व्यहोरेको थियो।
त्यस्तै, खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.२७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल ३.९५ प्रतिशत थियो।
लघुवित्तको चुक्ता पूँजी ४ प्रतिशत बढेर १० करोड १४ लाख रुपैयाँ, जगेडा कोष ६.९७ प्रतिशत घटेर २ करोड ४८ लाख रुपैयाँ, सापटी रकम १०.४९ प्रतिशत बढेर ९१ लाख ४५ हजार रुपैयाँ, निक्षेप २७ करोड ५६ लाख रुपैयाँ र कर्जा प्रवाह ५.५८ प्रतिशत बढेर १ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।
लघुवित्तको प्रतिसेयर आम्दानी ३.६८ रुपेयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १२४.५४ रुपैयाँ रहेको छ । लघुवित्तको खराब कर्जा ०.३२ प्रतिशत बढेर ४.२७ प्रतिशत पुगेको छ ।