काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले बढेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १५ हजार रुपैयाँ कायम भएकोमा आज ७ सय रूपैयाँले बढेर १ लाख १५ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार १५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ८५ रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १४ सय ५ रूपैयाँ कायम भएको छ ।