मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँट, ६ जनाले पाए ११ कित्ता सेयर

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले लघुवित्तको एफपीओ आज बिहान बाँडफाँट गरेको हो ।

कम्पनीको एफपीओमा १३ लाख २० हजार २०३ आवेदकले १ करोड ४८ लाख ३१ हजार २८० कित्ताका सेयरका लागि आवेदन दिएका थिए । जसमा १२ हजार ३८१ जनाले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् । त्यस्तै, २० कित्तामाथि आवेदन दिएका ६ जनाले थप १/१ कित्ताका दरले सेयर पाएका छन् भने अर्का एक आवेदकले १०.४५ कित्ता सेयर पाएका छन् ।

लघुवित्तले असोज २५ गतेदेखि असोज ३० गतेसम्म एफपीओ निष्काशन गरेको हो ।

लघुवित्तले प्रति कित्ता १०० रुपैयाँको दरले १ लाख २३ हजार ८ सय १६ कित्ता एफपीओ निष्काशन गरेको हो ।

लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।

एफपीओ निष्काशनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले लघुवित्तलाई इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स