ग्लोबल आइएमई लघुवित्तको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

 

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले ३ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.१५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

लघुवित्तको खुद नाफा र प्रतिसेयर आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १३.८५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३.८९ प्रतिशत बढेको छ । लघुवित्तको कुल सञ्चालन आम्दानी १२.२२ प्रतिशत र सञ्चालन मुनाफा २६.७४ प्रतिशत बढेको छ ।

असोज मसान्तसम्ममा लघुवित्तको वितरण योग्य मुनाफा ६७ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २ रुपैयाँ ६२ पैसा बढेर २१ रुपैयाँ ९८ पैसा पुगेको छ । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३९.७६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ ५० पैसा रहेको छ ।

६१ करोड ८९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ५० करोड ४३ लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्ममा लघुवित्तले ३ अर्ब २३ करोड १२ लाख रुपैयाँ निक्षेप संकलन गरी ७ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स