मर्जर तथा एक्विजिशनको अख्तियारी सञ्चालकलाई दिँदै लाभांश प्रस्ताव पारित गर्न सिद्धार्थ बैंकले डाक्यो साधारण सभा

काठमाडौं । सिद्धार्थ बैंकले सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न मंसिर ५ गते साधारण सभा डाकेको छ । सभाले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्विजिशन गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।

सभाले हाल कायम चुक्ता पुँजीको ४.२१ प्रतिशतका दरले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक २१ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले बैंकको साधारण सभामा सहभागिता जनाउनका साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकले उक्त दिन २२ औं वार्षिक साधारण सभा डाकेको हो । बैंकको सो सभा आम्रपाली बैङक्वेट, बालुवाटार, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स