२५.५६% जनसख्याको बैंक खाता, २५.५९% परिवारले लिएका छन् वित्तीय संस्थाबाट ऋण

 

काठमाडौं । नेपालका कुल जनसंख्यामध्ये २५.५६ प्रतिशतको बैंक तथा वित्तीय संस्थामा खाता रहेको छ । बैंक तथा वित्तीय संस्थामा कुल २ करोड ९१ लाख ६४ हजार ५७८ जनामध्ये ७४ लाख ९ हजार १८१ जना अर्थात् २५.५६ प्रतिशत व्यक्तिको कम्तिमा एउटा खाता रहेको पाइएको छ ।

देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ४१ लाख २२ हजार ६९० अर्थात् ६१.८९ प्रतिशत परिवारमा कम्तिमा एक जनाको बैंक तथा वित्तीय संस्थामा खाता रहेको छ ।

कुल १ करोड ४२ लाख ५३ हजार ५५१ जना पुरुषमध्ये २६.४२ प्रतिशत पुरूषको बैंक तथा वित्तीय संस्थामा खाता रहेको छ । यसैगरी, कुल एक करोड ४९ लाख ११ हजार २७ जना महिला रहेका मध्ये २४.७४ प्रतिशतको एउटा खाता रहेको छ ।

तथ्यांक अनुसार देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ८ लाख ३६ हजार १२७ अर्थात् १२.५५ प्रतिशत परिवारमा कम्तीमा एक जना व्यक्तिले प्राविधिक तथा व्यवसायिक शिक्षा वा तालिम लिएका छन् । यसरी, १० लाख ८१ हजार ६४६ जना व्यक्ति अर्थात ५.६७ प्रतिशत व्यक्तिले सो तालिम लिएको जनाइएको छ ।

नेपालका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये २५.५९ प्रतिशत परिवारले कुनै बैंक तथा वित्तीय संस्था वा सहकारीबाट ऋण लिएको पाइएको छ । सबैभन्दा बढी मधेश प्रदेशमा २८.८८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २१.९६ प्रतिशतले ऋण लिएको देखिन्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स