नेपाल बैंकको सीईओ बन्न १९ जनाको प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

काठमाडौं । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत रिक्त रहेसँगै १९ जनाले उक्त पदको लागि आवेदन दिएका छन् । सरकारी स्वामित्वको बैंकका वहालवाला डीसीओदेखि नेपाल बैंककै कायम मुकाय सीईओदेखि विभागीय प्रमुखले पनि सो पदका लागि आवेदन दिएका हुन् । आवेदन दिएका १९ जनाबाट सीईओ छनोट समितिले सर्ट लिस्ट बनाएर अन्तर्वार्ताका लागि बोलाउँछ ।

नेपाल बैंकका कायम मुकायम सीईओ समता पन्त ‘भट्ट’, चिफ क्रेडिट अफिसर लक्ष्मण पौडेल र जोखिम व्यवस्थापन विभाग प्रमुख सुन्दर पन्थीले उक्त पदका लागि आवेदन दिएका छन् । नेपाल बैंकको सीईओ बन्न राष्ट्रिय वाणिज्य बैंकका डेपुटी सीईओ देवेशप्रसाद लोहनी र कृषि विकास बैंकका डेपुटी जनरल मेनेजर प्रताप सुवेदीले पनि आवेदन दिएका छन् ।

नेपाल बैंकमा सीईओ खाली, अधिकारी बाहिरिएपछि पन्तले पाइन जिम्मेवारी

नेपाल बैंकको सीईओका लागि नेपाल बैंककै पूर्वकर्मचारी द्वय तिलकराज पाण्डे र राजुनाथ खनाल पनि प्रतिस्पर्धामा उत्रिएका छन् । सीईओको प्रतिस्पर्धामा चार्टर्ड एकाउन्टेन्ट (सीए) कृष्णप्रसाद आचार्य पनि छन् । आचार्य नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)का पूर्वअध्यक्ष तथा कर्मचारी सञ्चय कोषका पूर्व प्रशासक हुन् ।

नेपाल बैंकबाट असोज १४ गते बाहिरिदै सीईओ अधिकारी, नयाँ सीईओ खोज्न छनोट समिति गठन, को को होलान् प्रत्यासी ?

सीईओको प्रतिस्पर्धामा सुरेन्द्रभूषण श्रेष्ठ, दीर्घबहादुर अर्याल अशोककुमार पौडेल, विभुप्रसाद अर्याल, प्रमोदबाबु तिवारी, रमेशप्रसाद जोशी, रामदेव यादव, छपिराज पन्त, शंकर केसी, र ध्रुवचन्द्र गौतम र विष्णुदेव यादवले आवेदन दिएका छन् ।
आवेदन दिएकाहरुले पेस गरेको व्यावसायिक कार्ययोजना योजना हेरेर ६० प्रतिशतभन्दा बढी अंक प्राप्त गर्ने पाँच जनाले अन्तर्वार्तामा सहभागी बोलाउने छ । पाँच जनाको व्यावसायिक योजना हेरेर क्षमतावान तीन जना मध्येबाट एक जनालाई आगामी कार्यकालका लागि सीईओमा नियुक्त गर्न सञ्चालक समितिमा पेस हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स