ट्रष्ट माइक्रो इन्स्योरेन्सले निर्जीवन बीमा व्यवसाय सुरु गर्न पायो लाइसेन्स

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीलाई निर्जीवन बीमा व्यवसाय गर्न लाइसेन्स दिएको छ । प्राधिकरणले आइतबार ट्रष्ट माइक्रो इन्स्योरेन्सलाई लाइसेन्स दिएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

यस अघि नै प्राधिकरणले ६ वटा लघु बीमा कम्पनीलाई लाइसेन्स दिइसकेको छ । ती सबै कम्पनीले कारोबार आरम्भ गरिसकेका छन् ।

एलओआई पाएर पनि ट्रष्टले लगानीका लागि रकमको जोहो गर्न सकेको थिएन । लुम्बिनी प्रदेशको बुटवलमा केन्द्रिय कार्यालय रहने कम्पनीले निर्र्जीवन लघु बीमा व्यवसाय गर्ने लाइसेन्स पाएको हो ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स