‘बैंकिङ कसुर तथा सजाय ऐन २०६४’ को दोस्रो संशोधन विधेयक संसदमा पेश

काठमाडौं । ‘बैंकिङ कसुर तथा सजाय ऐन २०६४’ को दोस्रो संशोधन सम्बन्धी विधेयक २०८० संसदमा पेस भएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उक्त ऐन संशोधनसम्बन्धी विधेयक २०८० पेस गरेका हुन् ।

मन्त्री गुरुङले अर्थमन्त्री डा. प्रकाशशरण महतका तर्फबाट विधेयक संशोधनको प्रस्ताव पेस गरेका हुन् । उक्त विधेयक संशोधनमा सांसद प्रेम सुवालले असहमति जनाएका थिए ।

तर, बहुमत सांसदले विधेयक संशोधन गर्नुपर्ने जनाएपछि सभामुख देवराज घिमिरेले संसदमा मन्त्री गुरुङलाई विधेयक प्रस्तुत गर्न अनुमति दिएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स