यस्ता छन् आज सर्वाधिक सेयर मूल्य बढेका र घटेका कम्पनी

काठमाडौं । आइतबार, नेप्से परिसूचक २८.१८ अंकले घटेर १८७५.६५ अंक विन्दुमा आइपुगेको छ ।

आज २७ लाख १२ हजारको कित्ता सेयर ७४ करोड २९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २७ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०० वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, अपर सोलु हाईड्रोको ८.९९%, सिवाईसी नेपाल लघुवित्तको ६.६०%, घलेम्लदी हाईड्रोपावरको ५.७१%, बिपीडब्लू लघुवित्तको ५.६२%, सयपत्री हाईड्रोपावरको ३.६७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, सोनापुर मिनरल्सको सेयरमूल्यमा १० प्रतिशतको नकारात्मक सर्किट लागेको छ । नेशनल हाइड्रोको ७.९२%, एनआईबीएल प्रगती फण्डको ५.५७%, एनआईसी एशिया ग्रोथ फण्डको ५.५३% र इन्ग्वा हाइड्रोपावरको ५.३३ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स