काठमाडौं । आइतबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले बढेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १६ हजार रुपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले बढेर १ लाख १७ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ४५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १४ सय १५ रूपैयाँ कायम भएको छ ।