नबिल बैंकको महाप्रवन्धकमा मनोज ज्ञवालीको बढुवा, अब नबिलमा ३ जना डेपुटी सीईओ

काठमाडौं । नबिल बैंकले मनोजकुमार ज्ञवालीलाई महाप्रबन्धकमा बढुवा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिले ज्ञवालीलाई बढुवा गरेको हो । १४ महिनाअघि नबिलको नायव महाप्रबन्धकमा नियुक्त भएका ज्ञवाली महाप्रबन्धकमा बढुवा भएका हुन् ।

नबिल बैंकमा महाप्रबन्धकलाई डेपुटी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइने चलन छ । बैंकमा अहिले सुजित शाक्य र विनय रेग्मी अहिले डेपुटी प्रमुख कार्यकारी अधिकृत छन् । अब ज्ञवालीले डेपुटी प्रमुख कार्यकारी अधिकारीको जिम्मेवारी पाउने छन् ।

ज्ञवाली नबिल आउनुअघि ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । कार्यकाल बाँकी छँदै उनले ज्योति विकास बैंक छाडेर नबिल बैंक गएका हुन् । ज्ञवालीसँग नियामक नेपाल राष्ट्र बैंकमा समेत काम गरेको अनुभव छ । उनी चार्टर्ड एकाउन्टेन्ट पनि हुन् ।

नबिल बैंकमा आगामी असार मसान्तमा प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको कार्यकाल सकिदै छ । शाहको कार्यकालपछि ३ जना डेपुटी मध्येबाट एक जनालाई सीईओ बनाउने सम्भावना छ ।

नबिल बैंकले मर्जरका लागि कुरा चलाएको तर निर्णय नभइसकेको बैंक मर्ज भएमा उक्त र्बैंकको सीईओलाई पनि अबको नेतृत्व सुम्पन सक्ने देखिएको छ । यद्यपि मर्जर जाने बैंक तथा वित्तीय संस्थालाई सीईओले निरन्तरता पाउन सक्ने व्यवस्था पनि मौद्रिक नीतिले गरेको छ ।

नबिल बैंक र नेपाल बंगलादेश बैंक मर्ज भएमा बंगलादेश बैंकका हालका सीईओ ज्ञानेन्द्र प्रसाद ढुंगाना पनि नबिलको सीईओ बन्ने सक्ने देखिएको छ । नेपाल बंगलादेश बैंकबाट ढुंगानाले पुसबाट अवकाश पाउँदैछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स