५ अर्ब लागतमा बनेको लुम्बिनी केबलकारको टिकटमा ४० प्रतिशत छुट

काठमाडौं । लुम्बिनी केबलकार लिमिटेडले नेपालीहरूको महान चाड दशैं, तिहार, नेपाल सम्वत र छठलाई लक्षित गरी चाडपर्व अफर ल्याएको छ । आज असोज २१ गतेदेखि लागू भएको यो अफरमा साविक टिकट दरमा शनिबार बाहेक अन्य दिनहरुमा ४० प्रतिशत छुट दिइएको छ ।

यो अफर अनुसार अब शनिबार वाहेक अन्य दिनहरूको टिकट दर ४५० रुपैया मात्र कायम भएको छ । नेपालीहरुका महान चाडपर्वका अवसरमा आम सर्वसाधारणलाई सहुलियत दरमा केबलकार चढाउने र कामाख्या देवी तथा सय वर्ष पुरानो दुर्गा भगवतीको दर्शन गराउने उद्देश्यले चाडपर्व अफर ल्याइएको छ ।

केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले जानकारी दिए । टिकट दरमा छुटसँगै कम्पनीले केबलकारको टप स्टेशनमा रहेको रेष्टुरेन्टका हरेक परिकारमा १० प्रतिशत छुट पनि दिने अपरेसन म्यानेजर सैंजुले जानकारी दिए ।

चाडपर्वमा आम सर्वसाधारण परिवार सहित केबलकार चढ्न र देवी मन्दिर दर्शन गर्न सहज होस् भनेर ल्याइएको यो अफर यसअघिको मर्निङ अफर जस्तै सफल हुने कम्पनीले विश्वास लिएको छ ।

आईएमई ग्रुपको मुख्य लगानी रहेको कुल ५ अर्ब लागतको यो केबलकार लुम्बिनी प्रदेश पहिलो केबलकार हो । बुटवलको बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका बसन्तपुरमा टप स्टेशन रहेको २.६ किलोमिटर दुरीको केबलकारको टप स्टेशनमा बनेको कामाख्या देवीको मन्दिर र सय वर्ष पुरानो दुर्गा भगवती मन्दिर हिन्दु धर्मावलम्बीहरूका लागि विशिष्ट आकर्षण बनेको छ ।

टप स्टेशनमा कम्पनीले ४० लाख लागतमा जीप लाइन सञ्चालनमा ल्याइसकेको छ भने छिटै डेढ करोड बढी लागतमा स्काई साइक्लिङ,विद्युतीय पिङ र बाल उद्यान बनाउँंदै छ ।

कामाख्या मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरु आउने गरेका छन् । केबलकारले प्रत्येक टिकट शुल्कको २ प्रतिशत सेवा शुल्क वापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउंपालिकालाई दिने गरी सम्झौता भएको छ ।

उक्त रकम दुई पालिकाले ५०/५० प्रतिशतका दरले बांडफाड गर्ने गरी सम्झौता भएको छ । टप स्टेशनमा साढे ३ अर्ब लागतमा २ वर्षभित्र १ सय ५० कोठा, एक हजार जना क्षमताको बैंक्वेट हल, क्यासिनो सहित पाँच तारे होटेल बनाउने तयारी गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स