काठमाडौं । त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपालले यूएईलाई पराजित गरेको छ । काठमाडौंमा जारी त्रिकोणात्मक सिरिजको खेलमा नेपालले यूएईलाई ५ विकेटले हराएको हो । यूएईले दिएको १६५ रनको लक्ष्य पछ्याएको नेपालले ४ बल अगावै ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो।
नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमा भेटाएको हो ।
नेपालका लागि आशिफ शेखले २ छक्का र ६ चौका प्रहार गरि ६२ रनको योगदान गरे । कप्तान रोहित पौडेल ४७ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी १५ बलमै एक छक्का र ६ चौका प्रहार गर्दै ४० रनमा अविजित रहे ।
आजको खेलमा आशिफबाहेक पहिलो क्रमका ब्याट्सम्यान कुशल भुर्तेल एक, सोमपाल कामी दुई र कुशल मल्ल शून्य रनमै आउट भए ।
यूएईका मोहम्मद जवादुल्लाहले २, अकिफ राजा र जहूर खानले एकरएक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको थियो ।
यूएईका लागि वृत्य अरविन्द र बासिल हमीदले समान ४५ र४५ रन बनाए । यस्तै आसिफ खान १८, खालिद शाह १२, अलिशान शराफु ९, अल नासिर ९ र मोहम्मद वासिम ८ रन बनाएर आउट भए । निलान्स केश्वानी ८ र अकिफ राजा ५ रनमा अविजित रहे ।
नेपालका सोमपाल कामी र अविनाश बोहोराले २र२ विकेट लिए भने करण केसी र गुल्शन झाले एकरएक विकेट लिए ।
एक खेल अगावै फाइनल पुगेको नेपालले लिग चरणमा सतप्रतिशत जित सहित ८ अंक जोडेको छ । यूएईको ३ खेलबाट २ अंक र हङकङ अंक विहीन छ ।