तरलता अभाव टार्न ब्याजदरमा प्रतिस्पर्धा गर्दै बैंकहरू, निक्षेपमै ११ प्रतिशतभन्दा बढी ब्याज (सूचीसहित)

काठमाडौं । हिजो आइतबारमात्रै डब्बल डिजिजमा निक्षेपको ब्याजदर नपुर्याउने छलफल गरेका बैंकरहरूले आज सोमबार नै ११.१० प्रतिशतसम्म ब्याजदिने गरी ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले तरलता अभाव टार्न बचतदेखि मुद्दती निक्षेपसम्मको ब्याजदर बढाए प्रकाशित गरेका छन् । ग्लोबल आईएमईलगायतका केही बैंकहरूले भने ब्याजदर स्थिर राखेका छन् ।

चालु आर्थिक वर्ष लागेपछि निक्षेप घट्दै गएको र आक्रामक कर्जा प्रवाहका कारण त्यसैपनि बैंकहरूसँग प्रर्याप्त तरलता थिएन । बैंकले राष्ट्र बैंकबाट पनि पटक पटक तरलता अभाव कम गर्न स्थायी तरलताको समेत सुविधा लिइरहेका थिए ।
कार्तिक लागेपछि निक्षेप बढ्ने विश्वासमा रहेका बैंकहरूले निक्षेपको ब्याजदर डब्बल डिजिजमा नपुर्याउने अनौपचारिक सहमति गरेको भोलिपल्टै ब्याजदर बढाएर प्रकाशित गरेका छन् ।

बैंकहरूले निक्षेपमा ब्याजदर बढाउँदा निक्षेपकर्तालाई फाइदा भएपनि कर्जा लिने ऋणीहरूलाई भने मार पर्छ । कर्जाकौ ब्याज महँगो हुँदा यसको असर प्रत्यक्ष रुपमा आम उपभोक्तालाई नै पर्ने हो । बढ्दो ब्याजले उत्पादन महँगो पर्ने हुँदा बजार मूल्य बढ्न थप मद्दत मिल्ने जानकारहरू बताउँछन् ।

नेपाल राष्ट्र कर्जा र निक्षेपको ब्याजदर अनुपात (स्प्रेडदर) ४.४ राखेको छ । तर, बैंकहरूले राष्ट्र बैंकले तोकेकोभन्दा पनि कममा स्प्रेडदर कायम गरेर कर्जा प्रवाह गरिरहेका छन् ।

कार्तिक महिनाको लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको ब्याजदरमा सबैभन्दा बढी ब्याज एनआईसी एशिया बैंकले दिने भएको छ । एनआईसी एशिया बैंकले मुद्दती निक्षेप खातामा १०.१० प्रतिशतदेखि ११.१० प्रतिशतसम्म ब्याज दिने भएको छ । बैंकको बचत खाताको ब्याजदर पनि अन्य बैंकको भन्दा बढी छ । बैंकले बचत खातामा ६.१ प्रतिशतदेखि ८.१ प्रतिशतसम्म ब्याज दिने गरी ब्याजदर कायम गरेको छ ।

हिमालयन बैंकले पनि उच्च ब्याजमा निक्षेप संकलन गर्ने भएको छ । उक्त बैंकले मुद्दती निक्षेपको ब्याज ७.५ प्रतिशतदेखि ११.६७ प्रतिशतसम्म ब्याज दिनेगरी ब्याजदर सार्वजनिक गरेको छ । हिमालय बैंकको बचत निक्षेपमा पनि ब्याजदर माथि नै छ । बैंकले बचतमा ६.६७ प्रतिशतदेखि ७.६७ प्रतिशत ब्याज दिने भएको छ ।

त्यसरी नै सनराइज बैंकले पनि मुद्दती निक्षेपमा ८ प्रतिशतदेखि १०.०७ प्रतिशतसम्म ब्याज दिने भएको छ । बैंकले कार्तिक महिनामा बचतमा ५.०७ प्रतिशत ब्याज दिन लागेको हो ।

सबैभन्दा कम ब्याज दिने बैंकको सूचीमा स्ट्याण्डर्ड चार्टर्ड बैंक परेको छ । बैंकले मुद्दती निक्षेपमा ७ प्रतिशतदेखि ७.५० प्रतिशतसम्म र बचतमा २.५ देखि ४ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

कार्तिक महिनामा बैंकहरूको ब्याजदर

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स