देउखुरी (दाङ) । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको अर्थतन्त्र सबल नभएकामा चिन्ता व्यक्त गरेका छन् ।
जिल्ला कमिटी दाङको आयोजनामा दाङको घोराहीमा शनिबार भएको शुभकामना आदानप्रदान कार्यक्रममा उनले अर्थतन्त्र सबल भएमा मात्र देश पनि बलियो हुने बताए ।
दशैं पारिवारिक मिलन र सद्भाव बढाउने पर्व भएकाले संस्कृति–परम्पराको जगेर्ना गर्नु सबै नेपालीको दायित्व भएको महासचिव पोखरेलले बताए । सहर र गाउँलाई दशैंले जोडेको उनले उल्लेख गरे ।
एक पृथक प्रसंगमा महासचिव पोखरेलले देशमा धेरै राजनीतिक दल आवश्यक नभएका भन्दै राष्ट्रले आर्थिक उन्नतिको बाटोमा डो¥याउने सबल राजनीति दल खोजेको बताए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य मेनका पोखरेल, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष तुलसीराम पुन, नेपाली काङ्ग्रेस दाङका सचिव अर्जुनकुमार योगीले पनि मन्तव्य व्यक्त गरेका थिए ।