हिमालयन रि–इन्स्योरेन्सले कार्तिक २१ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले कार्तिक २१ गतेदेखि पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपाली ३० लाख कित्ता सेयर निष्काशन गर्ने छ । कम्पनीले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रुपैयाँमा आईपीओ निष्काशन गर्न लागेको हो । यस निष्काशनमा मङ्सिर ५ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३ लाख कित्ताको लागि आवेदन दिन सकिने छ।

श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्काशन गरेको सेयर बाँडफाँट भएपछि कम्पनीले सर्वसाधारणलाई सेयर निष्काशन गर्ने छ । कम्पनीले सर्वसाधारणलाई २ करोड ४९ लाख कित्ता सेयर निष्काशन गर्ने छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स