कामना सेवा विकास बैंकको नाफा र ईपीएस दुबै उल्लेख्य बढ्यो

काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो वित्तीय विवरण प्रकाशित गरेको छ ।  कामना सेवा विकास बैंक वाणिज्य तथा विकास बैंकमै पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बैंक हो । बैंकले चालु आवको पहिलो त्रैमासमा ११ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८७.५८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

खुद ब्याज आम्दानी र इम्पेरिमेन्ट चार्ज उल्लेख्य घटेपछि बैंकको नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.०१ प्रतिशत र कुल सञ्चालन आम्दानी १.१७ प्रतिशत घटेको छ । बैंकको इम्पेरिमेन्ट चार्ज समीक्षा अवधिमा ६२.८८ प्रतिशत घटेको छ । बैंकको सञ्चालन मुनाफा २०३.३३ प्रतिशत बढ्न पुगेको छ ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ करोड ५६ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ३ रुपैयाँ १४ पैसा रहेको छ ।

बैंकको खुद नाफा र ईपीएस दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ । बैंकको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ९ रुपैयाँ ५० पैसा बढेर १४ रुपैयाँ ५७ पैसा पुगेको छ । असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २०.५१ गुणा रहेको छ । प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ १८ पैसा रहेको छ ।

सो अवधिमा बैंकको जगेडा कोष ६.२० प्रतिशत बढेको छ भने निक्षेप २.५५ प्रतिशत बढेको छ। तर, बैंकको कर्जा तथा सापटी भने ०.७७ प्रतिशत घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स