कुमारी बैंकले ‘वडा दशैं दक्षिणा’ र ‘क्यास ब्याक अफर’ को समय थप्यो

काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपालीहरुको महान चाड वडा दशैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा सहित सार्वजनिक गरेको ‘वडा दशंै दक्षिणा’ र ‘क्यास ब्याक अफर’ योजना लाई थप समयको लागि निरन्तरता दिएको छ ।

नेपाली बैंकिङ क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंक लिमिटेडको ‘क्यास ब्याक अफर’ योजनालेमहान चाड दशैंको हर्षोल्लासलाई थप अभिवृद्धि गर्ने छ ।

यस योजनामा पनि कार्ड तथा मोबाइल बैंकिङ्ग मार्पmत भुक्तानि कारोबार गर्दा हरेक दिन पहिलो ५०/५० जनालाई बैंकद्वारा २५प्रतिशत अधिकतम ५०१ रुपँैया सम्म ऋबकज दबअप दिइने छ ।

क्यास ब्याक /एसडी पीओस, क्यूआर पेमेन्ट टीवाईएफ अनलाइन पेमेन्ट बाट गरिने कारोबारमा प्रदान गरिनेछ । चाडबाडको यस अवसरमा कुमारी बैंक लिमिटेडले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरुप उपरोक्त सुविधाहरु आगामी कातिक ६ देखि कातिक ११ गते सम्मका लागि समेत निरन्तर रहने जनाएको छ ।

साथै, कुमारी बैंक लिमिटेडले बडा दशैं को विशेष दिन विजया दशमीका दिन आफ्ना ग्राहकहरुलाई थप आकर्षक सुविधा सहित क्यास ब्याक अफरसँगै वडा दशंै दक्षिणा’ योजना समेत सार्वजनिक गरेको छ ।

यस योजनामा कात्तिक ७ गते विजया दशमीका दिन मोबाइल बैंकिङ मार्पmत रकम स्थानान्तरण कारोबार गर्दा नदोहोरिने गरी पहिलो १४ सयजना ग्राहकहरुलाई बैंकद्वारा ५० रुपैयाँ क्यास ब्याक दिइने जनाएकोछ । क्यास ब्याकका लागि योग्य हुन न्यूनतम कारोबार १०० हुनुपर्नेछ ।

माथि उल्लेखित दुवै अफरहरु विहान ८ बजे देखि राति ११ः ५९ बजे सम्म गरीएका कारोबारमा लागु हुनेछ । कुमारी बैंकले देशभर रहेका ३०८ शाखा (प्रधान कार्यालय बाहेक), ४८ वटा विस्तारित काउन्टर, ३०९ एटिएम र ६४ शाखारहित बैंकिङ एकाइहरू सहितको आफ्नो बृहत सञ्जाल सहित बैंकिङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धतालाई जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स