सानिमा बैंकको १९ औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सानिमा बैंकको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा बिहीबार बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्तापूँजीको ९ प्रतिशत बोनस सेयर र ५.७० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

आर्थिक वर्ष २०७९/८० मा २.६१ अर्ब खुद मुनाफा गरेको कम्पनीको कुल सम्पत्ति २१५.६४ अर्ब रुपैयाँ, कुल निक्षेप १७८.८५ अर्ब रुपैयाँ तथा खुद कर्जा सापटी १४९.८७ अर्ब रुपैयाँ रहेको छ ।

बैंकको आर्थिक वर्ष २०७८/७९ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १२.५६, ५.७८ र १२.०२ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स