सांग्रिला डेभलपमेन्ट बैंकको साधारणसभा कार्तिक १६ गते

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कार्तिक १६ गते साधारणसभा डाकेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ ।

उक्त दिन बैंकले लैनचौर ब्याङक्वेट, लैनचौरमा १७ औं वार्षिक साधारण सभा डाकेको हो । साधारणसभा बिहान १० बजे शुरु हुनेछ । साधारणसभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सो को कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यसका साथै अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, बाँकी अवधिको लागि सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक ५ गतेदेखि १६ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार कात्तिक ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्नुका साथै साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स