हिमालयन रि इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न पायो अनुमति

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले मंगलबार हिमालयन रि लाई प्रिमियममा आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

हिमालयनले अंकित मूल्य १०० मा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्नका लागि भदौ २७ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी ७ अर्ब रुपैयाँ रहेको छ । अधिकृत पुँजी २१ अर्ब छ । जारी पुँजी १० अर्ब रुपैयाँ रहेको कम्पनीले सोही जारी पुँजीको ३० प्रतिशत बराबरले हुने ३ अर्ब बराबर अर्थात् ३ करोड कित्ता आईपीओ प्रिमियम मूल्यमा जारी गर्न लागेको हो ।

प्रिमियम मूल्यमा आईपीओ जारी गर्न सैद्धान्तिक स्वीकृति माग्दै हिमालयन रि इन्स्योरेन्सले बैशाख १७ गते प्राधिकरणमा निवेदन दिएको थियो । कम्पनीको २०७९ चैत २६ गतेको साधारणसभाले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने निर्णय गरेको थियो ।

कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एमएमबि क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले प्रिमियममा आईपीओ बिक्री गरेर ६ अर्ब २४ करोड रुपैयाँ आर्जन गर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स