काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले घटेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले घटेर १ लाख ११ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ३५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १३ सय ७५ रूपैयाँ कायम भएको छ ।