उन्नति सहकार्य लघुवित्तले एफपीओ निष्काशन गर्ने, पायो बोर्डको अनुमति

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशनका लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले असोज २६ गते लघुवित्तलाई एफपीओ निष्काशनका लागि अनुमति प्रदान गरेको हो।

योसँगै, अब लघुवित्तले १०० रुपैयाँ अंकित दरका कुल १ लाख ७८ हजार ४५१.१८ कित्ता एफपीओ जारी गर्नेछ।

कम्पनीको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।

लघुवित्तले २०७८ साल चैत १२ गते एफपीओ निष्काशनको अनुमति माग्दै बोर्डमा निवेदन दिएको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स