काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने समय थप गरेको छ । राष्ट्र बैंकले आज सोमबार एक सूचना जारी गर्दै कात्तिक १७ गतेसम्म समय थप गरेको हो ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले त्रैमासिक वित्तीय विवरण त्रैमास सकिएको एक साताभित्र सार्वजनिक गर्नुपर्ने हुन्छ । तर कात्तिकको पहिलो साता दशैँ परेकोले राष्ट्र बैंकले वित्तीय विवरण सार्वजनिक गर्ने समय लम्ब्याएको हो ।
अब वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले कात्तिक १७ गतेसम्ममा चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्न सक्ने छन् ।