पेट्रोलको मूल्य ११ रुपैयाँले घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य एकैपटक प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले मूल्य घटाएको हो । स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

समायोजन भएसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँमा झरेको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँमा झरेको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको हो ।

यो मूल्य १५ दिनअगाडि इन्डियन आयल कर्पोरेसनबाट प्राप्त भएको मूल्यका आधारमा समायोजन गरिएको नेपाल आयल निगमले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स