जेसिबीको एक्सक्लुसिभ रिटेलर अब हेटौंडामा

काठमाडौं । एमएडब्लु ग्रुप अन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्स प्रा.लि. नेपालको लागि जेसिबीका जेन्युन स्पेयर पार्टस, टायर्स र लुब्रिकेन्ट्सको आधिकारिक बिक्रेता हो ।

कम्पनीले ग्राहकहरुको सहजताको लागि, ग्राहकहरुलाई नक्कली पार्टपुर्जाहरुको प्रयोग र जोखिमबाट जोगाउन जेसिबीका सक्कली पार्ट्सहरु आफ्ना एक्सक्लुसिभ तथा नन् एक्सक्लुसिभ रिटेलरहरु मार्फत देशभर बिक्री वितरण गर्दै आएको छ ।

यसै अन्तर्गत एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्सले आफ्नो एक्सक्लुसिभ रिटेलर ऋतु ट्रेडर्स, हेटौंडा, थाना भर्यांगमा सञ्चालनमा ल्याएको छ जसको उद्घाटन हेटाडा उपमहानगरपालिकाका उप(मेयर राजेश बानिया, हेटाडा च्यामबर एण्ड कमर्सका उपाध्यक्ष प्रमोद सिंह रानाभाट, हेटाडा अटोमोबाईल्स संघका अध्यक्ष दामोदर प्रसाद अटल, ऋतु ट्रेडर्सका प्रोप्राइटर सागर सापकोटा र एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्सका प्रतिनिधिले संयुक्त रूपमा गरे ।

यसको शुरुवात सँगै अब हेटौंडाका ग्राहकहरुले ऋतु ट्रेडर्स मार्फ़त सजिलै जेसिबीका सक्कली पार्ट्सहरु खरिद गर्न पाउने छन् ।

‘जेसिबी मेशिनहरुलाई बिगार्ने, काम चलाउ नक्कली पार्टसको बिक्री र प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्य लिएर ‘जेसिबी लाई जेसिबी मात्र’ भन्ने नाराका साथ एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्सको शुरुवात हामीले गरेका हौं र हामीले शुरुवातदेखि नै ग्राहकवर्गबाट एकदम उत्कृष्ट प्रतिक्रिया पाइरहेका छौं,’ कम्पनीका प्रतिनिधिले भने ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स