आइएमई जनरल इन्स्योरेन्सले पायो ‘एशियाज बेष्ट इम्प्लोएर ब्राण्ड अवार्ड’

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले एसियाको उत्कृष्ट रोजगार सेवा प्रदान गर्ने कम्पनीको रुपमा सम्मानित भएको छ । भारतको मुम्वईमा अक्टोवर ७ गते आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्सलाई वल्र्ड एचआरडी कंग्रेसले ‘एशियाज बेष्ट इम्प्लोएर ब्राण्ड अवार्ड २०२१ बाट सम्मानित गरेको हो । उक्त पुरस्कार कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सम्मान ग्रहण गरेका हुन् ।

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले उक्त सम्मानबाट सिंगो कम्पनीलाई थप हौसला प्राप्त भएको बताए ।सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले इम्प्लोई ब्राण्डिङ इन्ष्टिच्यूट, वल्र्ड एचआरडी कंग्रेस र अन्य रणनीतिक साझेदार कम्पनीहरुलाई धन्यवाद दिए ।

आगामी दिनमा आफ्नो सेवालाई अझै परिस्कृत गर्दै डिजिटल माध्यमबाट समेत सहज र सरल रुपमा सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त पनि गरे । कार्यक्रम डिजिटल माध्यमद्वारा आयोजना गरिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स