एप्पलको ग्राउन्ड ब्रेकिङ आईफोनको १५ सिरिज अब नेपालमा उपलब्ध, कति पर्छ मूल्य ?

काठमाडौ । नेपालमा एप्पलको लागि एकमात्र आधिकारिक वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्राइभेट लिमिटेड वा जेनएक्सटीले उच्च प्रतिक्षित आईफोन १५ सिरिजको आधिकारिक लन्चको घोषणा गरेको छ । यो आईफोन प्राविधिक अनुभवलाई थप नयाँ आकार दिनको लागि नवीनतम आईफोन सेटको साथ स्मार्टफोन इन्नोभेसनमा महत्त्वपूर्ण कोसेढुंगा सावित हुने विश्वास कम्पनीले लिएको छ ।

जेनएक्सटीमा, नयाँ एप्पल उपकरणहरू र शीर्ष–स्तरीय सेवाहरू प्रदान गर्ने अटल प्रतिबद्धता यस ग्राउन्डब्रेकिंङ सहकार्यका साथ आएको छ । न्यूफोरियामा उपलब्ध विशेष अफरहरू नेपाल भित्र बेजोड ग्राहक अनुभव प्रदान गर्ने हाम्रो समर्पणको प्रमाण हो।

अत्याधुनिक प्रविधि, क्रान्तिकारी क्यामरा प्रणाली तथा पातलो र आधुनिक डिजाइन आईफोन १५ को मुख्य विशेषताहरू रहेका छन् ।

कम्पनीले उक्त आईफोनलाई प्रमोट गर्नको लागि कम्प्लिमेन्ट्रीमा १ वर्ष विस्तारित वारेन्टी, एक पटकको स्क्रिन प्रतिस्थापन, २०–वाटको एडाप्टर समावेश तथा एनआईएमबी र ग्लोबल आइएमई बैंकसँगको साझेदारीमा शून्य डाउन भुक्तानीका साथ सजिलो ईएमआई विकल्पहरू आईफोन १५ अब खरिदका लागि उपलब्ध छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स