दशैंको मुखमा अर्थ मन्त्रालयले महालेखालाई लेख्यो यस्तो पत्र

काठमाडौं । दशैंको मुखमा अर्थ मन्त्रालयले महालेखालाई पत्र लेखेको छ । अर्थले महालेखालाई दसैँअघि खाद्यान्न र तलब भत्ता लगायत सरकारले गरेका प्रतिवद्धता खर्चको भुक्तानी नरोक्न पत्र लेखेको हो ।

अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले महालेखा नियन्त्रकको कार्यालयलाई सम्बोधन गर्दै बिहिबार पत्र लेखेको छ । यसअघि जारी गरिएको निर्देशनहरु जे जसो भए पनि तलब भत्ता र खाद्यान्न लगायतका प्रतिवद्ध भुक्तानीको हकमा त्रैमासिक रुपमा विभाजन भएको बजेटको सीमा लागू नहुने व्यहोरा निर्णय भएको छ,’ अर्थले महालेखा नियन्त्रकको कार्यालयलाई लेखेको पत्रमा उल्लेख गरिएको छ ।

अर्थले २३ दिन अघि पनि यसरी नै महालेखा नियन्त्रकको कार्यालयलाई पत्र लेखेको थियो । जसमा भनिएको थियो, ‘यसअघि त्रैमासिक विभाजनमा उल्लेखित रकमभन्दा फरक पारी भुक्तानी हुने गरेको बुझिएकोले सीमाभित्र रही भुक्तानी दिन अनुरोध छ ।’

एकल खाता कोष प्रणालीबाट भुक्तानी गर्दा त्रैमासिक विभागमा उल्लेखित रकमभन्दा फरक पारी भुक्तनी हुने गरेको बुझिएकाले उक्र विषय कानुन विपरीत भएको अर्थले ठहर गर्दै उक्त पत्र लेखेको थियो । नगद व्यवस्थापनमासमेत समस्या हुने भएकाले सीमाभित्र रहेर मात्रै भुक्तानी गर्न भनिएको थियो।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स