सिटिजन्स बैंकको अध्यक्षमा प्रवल जङ्ग पाण्डे निर्वाचित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको आज सम्मन्न भएको १७ औं वार्षिक साधारण सभा पश्चात आजै बसेको बैंक सञ्चालक समितिको बैठकले सञ्चालक प्रवल जङ्ग पाण्डेलाई बैंकको अध्यक्ष पदमा निर्वाचित गरेको छ । पाण्डे यस अघि बैंकको सञ्चालक थिए । उनी मर्जर तथा एक्विजिशन समितिको सदस्य भएको बेला बैंकले तिनाउ मिसन विकास बैंक, सृजना फाइनान्स र सहयोगी विकास बैंकलाई प्राप्ति गरेको थियो ।

बैंकको संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गरेका अध्यक्ष पाण्डे सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको प्रमुख लगानीकर्तामा पर्नुहुन्छ । इन्जिनियरिङ संकायमा स्नातक गरेका पाण्डे विगत दुई दशक भन्दा बढी सिमेन्ट तथा औषधी उत्पादनजन्य उत्पादनमूलक उद्योग तथा व्यापार व्यवसायमा सक्रिय रुपमा संलग्न रहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ लगायत विभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्ध भई नेतृत्वदायी भूमिका निभाएका पाण्डेको अनुभवी नेतृत्वमा बैंकले अझ बढी सफलता प्राप्त गर्ने विश्वास बैंकले लिएको छ ।

आजै भएको १७ औं वार्षिक साधारण सभाबाट सीता कार्की (के.सी), सजन शर्मा, दिग्विजय विष्ट, सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका छन् । बैंकमा ७ जना सञ्चालक रहेकोमा सर्वसाधारणहरुको तर्फबाट प्रकाशचन्द्र मैनाली, विजयध्वज कार्की र स्वतन्त्र सञ्चालकमा अनिल ज्ञवाली रहेका छन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट १६ लाख ६२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, भिसा डेबिट÷क्रेडिट÷प्रिभिलेज कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स