नेपाल टेलिकमको अटम अफर ९० दिन थप, यस्ता छन् अफर

काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवामा आकर्षक डाटा र भ्वाइस प्याकहरु तथा एफटीटीएच सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेका विभिन्न प्याकेजलाई थप÷परिमार्जन गरी अटम अफर उपलब्ध गराउने भएको छ । सो अफर कार्तिक १ गतेदेखि ९० दिन लागु हुनेछ ।

सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफर

अटम अफरमा नयाँ प्याकेजका रुपमा सजिलो अनलिमिटेड पोस्टपेड प्याक उपलब्ध हुनेछ । यसमा ३० दिनसम्म चलाउन मिल्नेगरी रु. ५९९ मा अनलिमिटेड अननेट भ्वाइस सेवा उपलब्ध हुनेछ । यो अफर खरिद गरेपश्चात् सुलभ दरमा डाटा सेवा समेत लिन चाहेमा ग्राहकले रु. २९९ मा प्रतिदिन १ जिबीका दरले ३० दिनसम्म उपयोग गर्न सकिने ३० जीबी डाटा सेवा एड अन प्याकको रुपमा खरिद गर्न सक्नेछन् ।

प्रतिदिन प्रयोग गर्न सकिने १ जीबी डाटा सकिएमा ६४ केबीपीएसको अनलिमिटेड डाटा सेवा उपलब्ध हुनेछ । जसमा ग्राहकको मेन व्यालेन्सको रकम काटिने छैन । यदि ग्राहकले ६४ केबीपीएसभन्दा बढी गतिको डाटा सेवा प्रयोग गर्न चाहेमा जम्मा रु. ३० मा १ जीबी, रु. ४० मा २ जीबी र रु. ५० मा ३ जीबी डाटा २४ घण्टाभित्र प्रयोग गर्न सकिने गरी एड अन प्याकको रुपमा खरिद गर्न सक्नेछन् ।

यसैगरी अटम अफरमा ग्राहकले ३० दिनसम्म प्रतिदिन १ जीबी प्रयोग गर्न सकिने ३० जीबी डाटा सेवाको प्याक रु. ५९९ मा खरिद गर्न सक्नेछन् । यो अफर खरिद गरेपश्चात् ग्राहकले सुलभ दरमा भ्वाइस सेवा पनि लिन चाहेमा जम्मा रु. २९९ मा ३० दिनसम्म अनलिमिटेड प्रयोग गर्न सकिने एड अन प्याक खरिद गर्न सक्नेछन् । यस प्याकेजमा पनि प्रतिदिन प्रयोग गर्न सकिने १ जीबी डाटा सकिएमा कम्पनीले ६४ केबीपीएस अनलिमिटेड डाटा सेवा उपलब्ध गराउनेछ । सो भन्दा बढी गतिको सेवा लिन चाहेमा जम्मा रु. ३० मा १ जीबी, रु. ४० मा २ जीबी र रु. ५० मा ३ जीबी डाटा २४ घण्टाभित्र प्रयोग गर्न सकिने गरी एड अन प्याकको रुपमा खरिद गर्न सकिनेछ ।

सजिलो अनलिमिटेड पोस्टपेड ७९९ अफर

यसमा जम्मा रु. ७९९ मा अनलिमिटेड अननेट भ्वाइस सेवा, प्रतिदिन १ जीबीका दरले ३० दिन प्रयोग गर्न सकिने ३० जीबी डाटा, २०० वटा अननेट सन्देश, ५० मिनेट अफ नेट भ्वाइस र ५० वटा अफ नेट सन्देश पठाउने सुविधा उपलब्ध हुनेछ । प्रतिदिनका लागि उपलब्ध १ जीबी डाटा सकिएमा माथि सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफरमा उल्लिखित एड अन प्याक खरिद गर्न सकिनेछ ।

सजिलो अनलिमिटेड पोस्टपेड ९९९ अफर

यसमा जम्मा रु. ९९९ मा अनलिमिटेड भ्वाइस र ४०० वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन २ जिबीका दरले ३० दिनसम्म प्रयोग गर्न सकिने ६० जिबी डाटा, १०० मिनेट अफ नेट भ्वाइस र १०० वटा अफ नेट सन्देश पठाउन सकिनेछ । प्रतिदिनका लागि उपलब्ध २ जिबी डाटा सकिएमा माथि सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफरमा उल्लिखित एड अन प्याक खरिद गर्न सकिनेछ ।

सजिलो अनलिमिटेड पोस्टपेड १४९९ अफर

यसमा जम्मा रु. १४९९ मा अनलिमिटेड भ्वाइस, १००० वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन ४ जीबीका दरले ३० दिन प्रयोग गर्न सकिने १२० जीबी डाटा, २०० मिनेट अफ नेट भ्वाइस र २०० वटा अफ नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध हुनेछ । प्रतिदिनका लागि उपलब्ध ४ जिबी डाटा सकिएमा माथि सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफरमा उल्लिखित एड अन प्याक खरिद गर्न सकिनेछ ।

सस्तो प्रिपेड कम्बो प्याक

यसमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि १५० मिनेट भ्वाइस, १.५ जीबी डाटा र १५ वटा अननेट सन्देश (अननेट) जम्मा रु. २९९ मा २८ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

सजिलो अनलिमिटेड प्रिपेड ५९९ प्याक

यसमा जम्मा रु. ५९९ मा प्रतिदिन १ जिबीका दरले २८ दिन प्रयोग गर्न सकिने २८ जीबी डाटा उपलब्ध हुनेछ । यो प्याक लिनुभएका ग्राहकहरुले अनलिमिटेड भ्वाइस सेवा लिन चाहनुभएमा जम्मा रु. २९९ मा २८ दिनसम्म प्रयोग गर्न सकिन एड अन प्याक खरिद गर्न सक्नेछन् ।

एफटीटीएच आइपीटिभी अफर

यसैगरी एफटीटीएच आइपिटिभी अफर-२०७८ मा कम्पनीको एफटीटीएच अन्तर्गतको ट्रिपल प्ले (भ्वाइस, डाटा र टिभी) सेवा एक वर्षका लागि लिने ग्राहकका लागि आकर्षक सहुलियत उपलब्ध हुनेछ । यस अन्तर्गत २५ एमबिपिएस व्याण्डविथ वार्षिक जम्मा रु.१५,९८० मा प्राप्त हुनेछ । यही सेवा वर्षको ४० एमबीपीएस रु.१७,१०० र ८० एमबीपीएस रु.२२,५०० मा उपलब्ध हुनेछ । वार्षिक सेवा लिनेका लागि कम्पनीले सेट टप बक्स (एसटिबी) उपलब्ध गराउने छ ।

यही सेवा ३ महिनाको लागि २५ एमबीपीएसको रु.४,१०० मा ४० एमबीपीएसको रु.५,५०० मा र ८० एमबीपीएसको जम्मा रु.७,२०० मा उपलब्ध हुनेछ । मासिक रुपमा सेवा लिंदा २५ एमबीपीएस रु.१,४००मा, ४० एमबीपीएस रु.१,८५० मा र ८० एमबिपिएस जम्मा रु.२,४५० मा उपलब्ध हुनेछ ।

एफटीटीएचमा उपलब्ध सेवाहरुमध्ये भ्वाइस र डाटा सेवा मात्र पनि सहुलियत दरमा प्राप्त गर्न सकिनेछ । यसमा २५ एमबिपिएस डाटा रु.१,०००मा, ४० एमबीपीएस डाटा रु.१,५०० मा र ८० एमबीपीएस डाटा रु.२,०००मा उपलब्ध हुनेछ । यी सेवाहरु ३ महिनाका लागि लिंदा २५ एमबीपीएस डाटा रु.२,८५० मा, ४० एमबीपीएस लिंदा रु.४,२०० मा र ८० एमबीपीएसलाई रु.५,५०० मा लिन सकिनेछ । यो सेवा वार्षिकरुपले लिंदा २५ एमबीपीएसको रु.१०,५०० मा, ४० एमबीपीएसको रु.१५,३०० मा र ८० एमबीपीएसको रु.२०,५०० मा उपलब्ध हुनेछ ।

वार्षिक प्याकेज खरिदमा ग्राहकलाई थप सुविधाको रुपमा प्रतिदिन ३०० एमबी मोबाइल डाटा प्राप्त हुनेछ । यसैगरी मासिक, त्रैमासिक र वार्षिक प्याकेजहरुको खरिदमा क्रमशः २५० मिनेट, ७५० मिनेट र ३००० मिनेट अननेट फ्रि भ्वाइस कल सुविधा उपलब्ध हुनेछ ।

एफटीटीएचबाट डाटा सेवा मात्र लिन चाहने ग्राहकका लागि कम्पनीले प्रिमियम इन्टरनेट सर्भिस प्याक सुलभ दरमा उपलब्ध गराउने भएको छ । यसमा डाटा सेवा मात्र एक वर्षका लागि लिंदा ५० एमबीपीएसको रु.२४,८०० मा, ८० एमबीपीएसको रु.३२,८०० मा र १०० एमबीपीएसको रु.४०,८०० मा उपलब्ध हुनेछ । ३ महिनाको लागि डाटा सेवा लिंदा ५० एमबीपीएस को रु.१२,६०० मा, ८० एमबीपीएसको रु.१६,५०० मा र १०० एमबीपीएसको रु.२०,००० मा उपलब्ध हुनेछ । एक महिनाको लागि ५० एमबीपीएसको रु.४,५०० मा, ८० एमबीपीएसको रु.६,००० मा र १०० एमबीपीएसको रु.७,५०० मा उपलब्ध हुनेछ ।

यसैगरी डाटा र इन्टरनेट दुवै सेवा प्रयोग गर्ने ग्राहकका लागि कम्पनीले प्रिमियम इन्टरनेट सर्भिस विथ आइप्टिभी प्याक उपलब्ध गराउने भएको छ । यसमा एक महिनाका लागि सेवा लिंदा ५० एमबीपीएसको रु.५,१७८ मा, ८० एमबीपीएसको रु.६,६७८ मा र १०० एमबीपीएसको रु.८,१७८ मा उपलब्ध हुनेछ । ३ महिनाको सेवा लिंदा ५० एमबीपीएसको रु.१४,५२३ मा, ८० एमबीपीएसको रु.१८,४२३ मा र १०० एमबीपीएसको रु.२१,९२३ मा उपलब्ध हुनेछ । एक वर्षको सेवा लिंदा ५० एमबीपीएसको रु.३१,३०९ मा, ८० एमबीपीएसको रु.३९,३०९ मा र १०० एमबीपीएसको रु.४७,३०९ मा उपलब्ध हुनेछ । यस प्याकको खरिदमा एसटिबीको शुल्क समावेश गरिएको छैन ।

विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले स्टार१४१५ह्यास डायल गर्नुपर्नेछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइटमार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स