काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले बढेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले बढेर १ लाख १० हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ५० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १३ सय ४५ रूपैयाँ कायम भएको छ ।