भाउ घटेसँगै सुनको माग बढ्यो, व्यापारीमा थपियो उत्साह

काठमाडौं । बजारमा सुनको माग बढेको छ । पछिल्लो समय सुनको भाउ घट्न थालेपछि बजारमा सुनको माग बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बताए ।

‘अहिले सुनको माग बढेको छ,’ उनले भने ‘चाडपर्व नजिकिएको र भाउ पनि घटकोले सुनको माग बढेको हो । यदि राष्ट्र बैंकले सुनको कोटा नथपेको भए अहिले बजार धान्न सक्ने स्थिति हुँदैन थियो।’ अहिलेको २० किलो सुनले त बजार धान्न गाह्रो भएको छ ।

नेपाल राष्ट्र बैंकले यहि असोज १० गते सुनको कोटा बढाएर २० किलो पुर्याएको हो । यसअघि दैनिक १० किलो सुनेको कोटा राष्ट्र बैंकले तोकेको छ ।

अहिले बजारमा १ लाख १० हजारको हाराहारीमा प्रतितोला सुनको भाउ तय भएको छ । असोज ७ गते १ लाख १३ हजार नाघेको प्रतितोला सुनको मूल्य अहिले घटेर एक लाख ९ हजारदेखि १० हजारको हाराहारीमा छ । तोलामा ३/४ हजारसमम सुनको भाउ घटेपछि सुन पसलमा ग्राहकको भिडभाड लाग्न थालेको हो । त्यसो त पर्सी आइतबारदेखि वडा दशैं सुरु हुँदैछ । बडा दशैंको बेला पछिल्लो समय विवाह गर्ने प्रचलन पनि बढ्दै गएको छ । नजिकिएको दशैं र यहि समयमा गहन जुराएर विवाह गर्ने समेत बढेकाले स्ुनको माग बढी भएको हो ।

अघिल्ला वर्षहरूमा साउन लागेपछि नै सुनको बिक्री बढ्थ्यो । यस वर्ष सुनको मूल्यमा भएको वृद्धिका कारण सुनले ग्राहकलाई तान्न सकेको थिएन । अहिले भाउ घटेको छ । त्यसैले लामो समयदेखि सुन नकिनेर बसेका ग्राहक अहिले सुन किन्न आकर्षित भएका हुन् ।

बजारमा केहि दिनयतामात्रै ग्राहकको भिडभाड लाग्न थालेकोले बजारलाई धाने पनि यसरी माग बढ्दै जाने हो अहिलेको २० किलो सुनले बजार नसक्ने अनुमान व्यवसायीले गरेका छन् ।
यस्तो छ सुन आयातको अवस्था
गत आवमा बजार शिथिल बने पनि ४३ अर्ब ८८ करोड रुपैयाँको सुन आयात भएको छ । नेपालको कुल आयातमध्ये सुनले २.७ प्रतिशत हिस्सा ओगटेको छ । गत आर्थिक वर्षमा आयात भएको सुन अघिल्लो आर्थिक वर्षको तुलनामा २.८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा ४२ अर्ब ६९ करोड रुपैयाँको सुन आयात भएको थियो भने त्यसको अघिल्लो कोभिडको वर्ष पनि नेपालमा २७ अर्ब ४८ करोडको सुन भित्रिएको छ । नेपालमा आयात हुने टप ५ नम्बरमा पर्ने सुनबाट नेपाली मौलिक गरगहना बनाएर निर्यात गर्न सक्ने सम्भावना पनि प्रशस्तै छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स