१ अर्ब ७० करोडको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा गिरावट आएको छ ।

बिहीबार, नेप्से परिसूचक २०.१६ अंकले घटेर १८७४.६० अंक विन्दुमा आइपुगेको छ ।

आज ७५ लाख ५८ हजारको कित्ता सेयर १ अर्ब ७० करोड १ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २३ वटा कम्पनीको सेयर मूल्य बढ्दा २१० वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, लक्ष्मी सनराइज बैंक प्रमोटर सेयरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १६ करोड ३८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५ करोड ४ लाख, नेपाल एसबीआई बैंकको ४ करोड १९ लाख, सिद्वार्थ बैंकको ३ करोड ९० लाख, शिवम् सिमेन्ट्सको ३ करोड ७३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स