नेप्सेमा दुई हाइड्रोपावरको साढे १ करोडबढी कित्ता सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मिड सोलु हाइड्रोपावर लिमिटेड र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ सूचीकृत भएको छ । बुधबार दुवै कम्पनीको १ करोड ३२ लाख ४ हजार ६४७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसअनुसार, मिड सोलु हाइड्रोपावरको ७४ लाख ८४ हजार कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०० रुपैयाँ देखि ३०० रुपैयाँसम्मको ओपनिङ रेन्ज तोकेको छ । यस सुरुवाती रेन्ज भित्रको जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्ने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तय गर्न गरेको छ । कम्पनीको ‘MSHL’ सिम्बलबाट कारोबार हुने छ ।

त्यस्तै, भगवती हाइड्रोपावरको ५७ लाख २० हजार ६ सय ४७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १२०.४१ रुपैयाँ देखि ३६१.२३ रुपैयाँसम्मको ओपनिङ रेन्ज तोकेको छ । कम्पनीको ‘BGWT’ सिम्बलबाट कारोबार हुने छ ।

योसँगै, अब भोलि बिहीबारबाट दुवै कम्पनीको सेयर कारोबार स्पेसल प्रि(ओपन सेसनमा नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स