शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २३ गते बसेको संचालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १०.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद गरि कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब २८ करोड ३८ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स